बुधबार, माघ २, २०८१
06:17 | १२:०२

बेलायतबाट १२ थान अक्सिजन कन्सनट्रेटर सहयोग

नेपाली लिङ्क जुन १९, २०२१

लन्डन । नेपालमा कोरोना महामारीका कारण भएको अक्सिजन अभाव पूरा गर्ने उद्देश्यले ‘पेन्नी फर नेपाल’ ले बेलायतबाट १२ थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएको छ ।

आफ्नो संस्थाले गर्दै आएको सहयोगलाई निरन्तरता दिन पेन्नी फर नेपालका १४ जना सदस्यले कोभिड–१९ बिरामीलाई अक्सिजन कमी नहोस् भनेर पुनः अक्सिजन कन्सनट्रेटर पठाएका हुन् ।

सन् २००९ मा बेलायतमा स्थापना भएको संस्थाले विशेष गरि नेपालका असहाय बालबालिकालाई स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पुरयाउंदै आएको संस्थापक सदस्य बालकृष्ण दाहालले जानकारी दिए ।

नेपालमा कोरोनाको बढ्दो महामारी नियन्त्रण गर्न विभिन्न निकायसंग सहकार्य गर्दै आगामी दिनमा पनि सहयोग गर्ने संस्थाको  प्रतिबद्धता छ । ‘पेन्नी फोर नेपाल’ ले कोभिड १९ बाट प्रभावित नेपाललाई स्वास्थ्य सामग्री सहयोग पुर्याउने उद्देश्यले भर्जिन मनि डटकम मार्फत सहयोग रकम संकलन गर्दै आएको छ ।

१२ हजार पाउण्ड रकम संकलन गर्ने लक्ष्य रहेकामा हाल करिब ६ हजार पाउण्ड संकलम भइसकेको छ । सहयोगका लागि यहाँ क्लिक गर्नुहोला ।

संस्थाले नेपालमा भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा निरन्तर सहयोग गर्दै आएको छ ।

बाल-विकास केन्द्रित यो संस्था कुनै धर्म, राजनीति र सरकारी निकायसंग आवद्ध र नेपालमा रहेका बिपन्न वर्गका बालबालिकालाई  आवश्यक शिक्षा दिई दक्ष बनाउने उद्देश्यले अघि बढेको दाहालले जानकारी दिए । सोहि संस्थाको सयोगमा नेपालमा भर्खरै चितवन जिल्लाको चेपांग बस्तीमा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू