धादिङ नुवाकोट समाज यूके अध्यक्षमा धनबहादुर तामाङ निर्विरोध निर्वाचित
लण्डन । धादिङ नुवाकोट समाज यूके अध्यक्षमा धनबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन्।
संस्थाको पाचौं अधिवेशनले पूर्व धुवाकोट गाविस अध्यक्ष, गाविस राष्ट्रिय महासंघका केन्द्रिय कोषाध्यक्ष तथा जिल्लामा विकास र जन प्रेमी मानिने समाजसेवी तामाङलाई निर्वाचित गरेको हो ।
उपाध्यक्षहरुमा गोलबहादुर तामाङ, मोतिमान बज्राचार्य र शंकरजङ लामा, महासचिवमा बुद्धिबहादुर तामाङ, पदमा तामाङ/ शर्मिला मम्बा, कोषाध्यक्ष शेर पाख्रिन र सहकोषाध्यक्षमा राजु मम्बा निर्विरोध भएको समाजले जनाएको छ ।
त्यसैगरी मनोरन्जन संयोजकमा कृष्ण पाख्रिन, सन्तोक गुरुङ, बिरू गोम्जा, अनिल गुरुङ र मिलन गोम्जा, पेयमा भोक्टेनी सन्तोष तामाङ र परिवार, खाद्यमा सन्त तामाङ, दल ब्लेनथेन (सहायक), मिडिया तथा वेब डिजाइनमा थमु गुरुङ चयन भएका छन्।
क्षेत्रीय प्रतिनिधिमा अल्डरसट र फार्नबोरोका लागि सूर्य थोक्रा र रत्न गुरुङ, लण्डनका लागि राधा गाल्थेन, स्विन्डनका लागि नन्द तामाङ र सपना पाख्रिन, रेडिङका लागि पूर्ण पाख्रिन, कोर्बीका लागि देवान र सुरथा तामाङ तथा लेस्टरका लागि चम्पा र दिपा थापा मगर तथा ननिंगटनका लागि सन्तोक गुरुङ छनोट भएका छन्।
निर्वाचन समितिमा पूर्व संस्थापक अध्यक्ष नारायण गुरुङ, पूर्व अध्यक्षहरु बम गुरुङ र रामबहादुर गुरुङ तथा सल्लाहकार रामशरण सिम्खडा थिए ।
कार्यक्रममा संस्थाका सचिव बुद्धिबहादुर तामाङले स्वागत मन्तब्य दिएका थिए भने सल्लाहकार मेजर रिटायर्ड बिष्णु बहादुर घलेले संस्थालाई कसरी लैजाने भन्नेबारे आफ्नो सल्लाह सुझाव राखेका थिए ।
संस्थाका अध्यक्ष सीबी तामाङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यबाद दिंदै नयाँ कार्यसमितिलाई शुभकामना र बधाई ज्ञापन गरे ।
‘भर्चुअल’ रुपमा भएको महाधिवेशनमा प्रगति विवरण र आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्यकालको ‘रोड म्याप’ समेत प्रस्तुत गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५