बुधबार, माघ २, २०८१
23:39 | ०५:२४

एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिनाले तमुधिं यूके पदाधिकारीसँग गरिन् भेटघाट

नेपाली लिङ्क जुन ७, २०२१

लन्डन । एनआरएनए यूके आसन्न निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले चुनावी अभियानलाई तीव्रता दिएकी छन् । राईले आइतबार बेलायतमा सशक्त ठानिएको गुरुङ समुदायका अग्रजहरुसंग एम्पायर हलमा एक भेटघाट गरि आफ्नो उम्मेदवारीमा साथ दिन अनुरोध गरेकी छन् ।

ब्रिटिश सरकारको नियमका कारण सिमित तर विशेष व्यक्तिसंग भएको उक्त कार्यक्रममा एनआरएनए यूके वर्तमान उपाध्यक्ष रोजिनाले आफ्ना प्रमुख एजेण्डा अवगत गराउँदै तमु समुदायको साथ विगतमा पनि भएको र यसपटक झन् बढी हुने अपेक्षा समेत व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा उनले बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई समेट्दै साझा, विश्वासिलो, भरपर्दो र सुःखदुःखमा साथ दिन सक्ने संगठन निर्माण गर्न; भूतपूर्व गोर्खा मुद्धालाई तार्किक निष्कर्षमा पुरयाउन; नेपालमा रहेको सम्पत्तिको सुरक्षाको प्रत्याभूति दिलाउन; नेपालीहरुलाई मातृभूमिसंग जोड्न; नेपाली नागरिकताको ग्यारेण्टी गर्न; संस्थालाई युवा तथा महिलामैत्री बनाउदै पारदर्शिता, आत्मनिर्भर र समाबेशी बनाउन आफ्नो उमेद्वारी रहेको बताइन् ।

त्यस्तै उनले आफू अध्यक्ष पदमा विजयी बन्न सके मातृभूमि र बेलायतका नेपालीहरुलाई आबश्यक पर्दा सहयोगका लागि वृहत आपतकालीन कोषको स्थापना गर्ने; गैरआवासीय नेपाली संघ यूकेको साख अभिवृद्धि गर्ने; आपसी सद्भाव र भाईचारालाई जोड दिने; वर्तमान नेतृत्वका अधुरा योजनाहरु पुरा गर्ने; अग्रजहरुको सपना नेपाल हाउस लगायतका प्रोजेक्टहरु साकार पार्ने; सम्पूर्ण संघ–संस्थाहरुसंगको सहकार्य, सह-अस्तित्व र समदुरीमा स्वच्छ, मेलमिलाप र आत्मिय समाज निर्माण गर्न पहल गर्ने; एनआरएनए यूकेलाई पूर्ण कानूनी संस्थाका रुपमा स्थापित गर्ने; संघमा प्रशिक्षण, कानून, व्यापार जस्ता अलग अलग विभाग गठन गरि संस्थाको क्षितिज थप फराकिलो र प्रभावकारी बनाउने प्रतिवद्धता जाहेर गरेकी थिइन् ।

प्रत्युत्तरमा सहभागी अग्रजहरुले ‘तपाईंको भिजन राम्रो छ, सशक्त टिम बनाएर अगाडि बढ्नुस् हाम्रो पूर्ण समर्थन र शुभकामना छ’ भनेका रोजिनाले बताइन् ।

अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासी भन्दा बढी क्रियाशिल देखिएकी छन् । 

आइतबारसम्म करिब ३३ सय जनाले आवेदन दिएकामा रोजिना राईले ६० प्रतिशत बढी सदस्य बनाएको आफ्नो पावर पोइन्ट  प्रेजेनटेसनमार्फत जानकारी दिंदै ‘मेम्बरसीप ड्राइभ’ मा आफ्नो क्रियाशिलता र अध्यक्षको प्रतिवद्धता व्यक्त गरेपछि तमुधिं यूकेका अग्रजहरु अझ प्रभावित भएको रोजिनाले बताइन् । 


अघिल्लो निर्वाचनमा पनि उपाध्यक्षमा अत्यधिक मत ल्याएकी रोजिनालाई तमुधिं यूकेको विशेष साथ थियो । महिला भएर पनि समाजसेवामा रोजिनाको अग्रसरता, सालिनता एवं दुरदर्शीताका कारण तमु समुदाय प्रभावित भएको सहभागीको धारणा थियो । ‘फुटेर होइन्, जुटेर’ समाज रुपान्तरणमा लाग्न अग्रहजहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ, सहारा यूके अध्यक्ष कुमार गुरुङ, तमुधिं यूके उपाध्यक्ष जुमकाजी गुरुङ, कोल्मा बहाकोट यूके अध्यक्ष सहारा एफसी अध्यक्ष कृष्ण गुरुङ, स्याङ्जा समाज यूकेका अध्यक्ष सारदा गुरुङ, तमुधिं यूके सल्लाहकार एवं विधान मस्यौदा समितिका संयोजक एकेन्द्र गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष एवं ग्रेटर रसमोर नेपलिज कम्युनिटीको पूर्व अध्यक्ष सूर्जे (रामचन्द्र) गुरुङ, पासा पुचः गुथी यूके अल्डरसटका अध्यक्ष केशव श्रेष्ठ, जिपी श्रेष्ठ आइडिया अफ वल्ड चियरमेन, तमुधिं यूके कोषाध्यक्ष कमल गुरुङ, व्यवसायी एवं एनआरएनए अभियान्ता पशुपति पोखरेल, व्यवसायी गणेश गुरुङ, समाजसेवी शान्ता गुरुङ, किरात राई यायोख्या यूकेका सल्लाहकार एवं खोटाङका पूर्व जिल्ला सभापति रत्न राई, समाजसेवी हेम गुरुङ, युथ कोअर्डिनेटर राजेन्द्र गुरुङ, युथ मोबलाइजका सुवाष गुरुङ, एनआरएनए यूके निर्वाचनमा युवा संयोजकका उम्मेदवार चन्दन गुरुङ, उपाध्यक्ष प्रत्यासी पवन शर्मा, महिला उपाध्यक्ष प्रत्यासी सरस्वती केसी, एनआरएनए यूके पूर्व उपाध्यक्ष हिराधन राई लगायतको सहभागिता थियो ।

कार्यक्रममा रोजिनाबाहेक अन्य प्रत्यासीहरु युवा संयोजकका उम्मेदवार चन्दन गुरुङ, उपाध्यक्षका प्रत्यासी पवन शर्मा र सरस्वती केसीले समेत आफ्नो ‘भिजन’ प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू