बुधबार, माघ २, २०८१
00:16 | ०६:०१

बेलायती अखबार ‘डेली मेल’ को समाचारप्रति नेपाली दूतावासको खण्डन

नेपाली लिङ्क जुन ३, २०२१

लन्डन । बेलायती अखबार डेली मेलले नेपालमा नयां भेरियन्टमा कोरोना भाइरस भेटिएको दाबी गर्दै बिहीबार प्रकाशित गरेको समाचारको लन्डनस्थित नेपाली दूतावासले खण्डन गरेको छ ।

डेली मेलको बिहीबारको संस्करणमा कभर स्टोरीमै ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै प्रकाशित समाचारमा सत्यता नभएको जनाउंदै दूतावासले पत्र पठाएर खण्डनसहित समाचार सच्याउन अनुरोध गरेको छ ।

दूतावासले बिहीबार एक विज्ञप्ति प्रकाशित गरि नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्टमात्र भेटिएको जनाउंदै ति पनि नेपालमा उत्पत्ति नभएका जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबारै नेपालमा कोरोना भाइरसको नयां भेरियन्ट नभेटिएको बताएको थियो । डेली मेलको समाचार लगत्तै डब्लूएचओले स्पष्ट पार्दै भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयां भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन् । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।’

डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ । नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू