शुक्रबार, मंसिर १४, २०८१
02:56 | ०८:४१

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई खोप दिने तयारी   

रासस-सिन्ह्वा मे २७, २०२१

टोकियो । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ ।

जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने भएको जानकारी दिएको छ ।

समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।

उनीहरुलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनल ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।

जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म ओलम्पिक खेल आयोजना गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू