शुक्रबार, मंसिर १४, २०८१
02:57 | ०८:४२

पोर्चुगल नेपाली महिला समाजको नयाँ नेतृत्वमा पौडेल   

रासस मे २४, २०२१

फाइल फोटो

पोर्चुगल–नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

अधिवेशनले माया पौडेल खरालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । गठित कार्यसमितिको उपाध्यक्षमा सरिता शर्मा र दीपा लिम्बू, महासचिवमा शान्ति अर्याल अधिकारी, सचिवमा रेनु परियार र देवी घिमिरे, कोषाध्यक्षमा शोभा गिरी, सहकोषाध्यक्षमा सङ्गीता थापा मगर तथा सदस्यमा अप्सरा बर्तौला, इन्दिरा परियार, सुमित्रा दिवाली, इन्दिरा बस्याल, सीता कँडेल सापकोटा, शान्ता ढुङ्गाना, रीता ढकाल ,आशा रिजाल, मनिषा दुलाल, शशी शेर्पा र रविना भाट रहेका छन् ।

महिला समाजले स्थापनाकालदेखि सहयोग गर्दै आएका गैरआवासीय नेपाली सङ्घ (एनआरएन) केन्द्रीय सहकोषाध्यक्ष लोकप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता राजेन्द्र शर्मा, अधिवक्ता शारदा पौडेल, पोर्चुगलमा पहिले नेपाली प्रचालीका इन्दिरा ब्यञ्जनकार श्रेष्ठ, सौन्दर्यकर्मी मीरा कार्की, मनोज भट्टराई र अनु क्षेत्रीलाई सम्मान गरेको थियो ।

लिस्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट बचेको समयलाई स्थापनाको पहिलो वर्षमा नै समाजले उल्लेखनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे, पर्यटनदूत रमेश गुरुङ, गोविन्द पौडेल, प्रवासी नेपाली एकता मञ्च अध्यक्ष मदन लिम्बू, पत्रकार राजकुमार थापा, जनप्रगतिशील मोर्चा अध्यक्ष पूर्ण विक, नेपाल समाज पोर्चुगलका अध्यक्ष सोम शेर्पा, नेपाली नारी समाजका उपाध्यक्ष प्रीति योञ्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।

नेपाली महिला समाजको प्रगति प्रतिवेदन संस्थाकी सदस्य शोभा पुरीले पेश गरेकी थिइन् भने सुशीला थापाको संयोजकत्वमा गीता राना र नीमलामु शेर्पा रहेको निर्वाचन समितिका तर्फबाट सदस्य नीमलामु शेर्पाले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू