बुधबार, मंसिर १२, २०८१
00:48 | ०६:३३

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगलाई तयारीमा जुट्न निर्देशन   

रासस मे २२, २०२१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर ओलीले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अघि बढेको स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गए राति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन मिति तोकेकी छन् ।

राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंग छलफल गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू