नेपालमा महामारीविरुद्ध जुध्न बेलायती सेनाको मेडिकल टोली पठाइंदै
लन्डन । नेपालमा कोभिड महामारीको संक्रमण उत्कर्षमा पुगिरहेका बेला बेलायतले सहयोगको हात अघि बढाएको छ ।
बेलायत सरकारले नेपाललाई महामारीविरुद्धको लडाईंमा सघाउन बेलायती सेनाको मेडिकल टोली पठाउने भएको छ ।
बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले आउंदो साताको शुरुसम्ममै बेलायती सेनाको मेडिकल टोली नेपाल पुग्ने जानकारी गराएका छन् ।
बेलायती सेनानिकट ‘फोर्सेज् डट नेट’ मा ‘मिलिटरी मेडिकल र एड्भाइजरी टीम’ नेपाल पठाउन लागिएको उल्लेख छ । तर उक्त टोली कति संख्याको हुने तथा टोलीमा बेलायती सेनामा सेवारत गोर्खाहरु पनि समावेश हुने कि नहुने भन्नेबारे स्पष्ट गरिएको छैन ।
यसअघि महाभूकम्पपछिको उद्धारमा जस्तै नेपाल पठाइने बेलायती सेनाको टोलीमा गोर्खा सैनिकहरु पनि रहने आंकलन गर्न सकिन्छ ।
बेलायतले महामारीसँग जुधिरहेका अन्य देशको सहयोगमा पनि आफ्नो सेना खटाइसकेको छ । लकडाउनमा नेपालमै अड्किएका कयौं बेलायती नागरिकहरुको उद्धारमा समेत बेलायती सेना खटाइएको थियो ।
नेपालले पनि महामारी नियन्त्रणको प्रयासमा आवश्यक सहयोगका लागि विभिन्न माध्यमबाट बेलायत सरकारलाई आग्रह गरिसकेको छ ।
बेलायतवासी नेपालीहरु र केही संघसंस्थाले समेत आ-आफ्नो क्षेत्रका काउन्सिलर, मेयर सांसद लगायतको ध्यानाकर्षण गराउँदै बेलायत सरकारबाट नेपाललाई सहयोग दिलाउन पहल गरिरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५