मंगलबार, माघ १, २०८१
20:19 | ०२:०४

बेलायतको अल्डरसटमा नेपाली महिला नवजात शिशु घातमा दोषी

नेपाली लिङ्क मे २१, २०२१

लण्डन । अल्डरसटमा एक नेपाली महिलालाई नवजात शिशु (बालिका) को घात गरेकामा दोषी ठहराइएको छ ।

विन्चेस्टर क्राउन कोर्टले दुई हप्ता लामो अदालती सुनुवाईपछि बिहीबार २० मेका दिन २४ वर्षकी बबिता राईलाई दोषी ठहराएको छ ।

अदालतले उनलाई हत्याको दोषी भने पाएन ।

गत मे २०१७ मा दिउँसो १. ३० बजे अल्डरसटको मनोर पार्कमा नवजात शिशु (बालिका) को शव भेटिए लगत्तै प्रहरीलाई जानकारी दिइएको बारेमा अदालती सुनुवाई भएको थियो ।

राईलाई यस वर्षको अन्तमा सजाय सुनाइने ह्याम्पसायर प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू