मंगलबार, माघ १, २०८१
20:16 | ०२:०१

प्रधानमन्त्री ओलीले बेलायतसँग मागे एस्ट्राजेनेका खोप

नेपाली लिङ्क मे २०, २०२१


लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग एस्ट्राजेनेका-अक्सफोर्ड खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

शिष्टाचार भेटका लागि बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आएकी नेपालका लागि बेलायती राजदूत निकोला पोलिटलाई प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, कोरोना भाइरसविरुद्धको लडाइँमा परस्पर सहयोग आदानप्रदानबारे पनि छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्रीले सहयोगका लागि बेलायत सरकारलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू