प्रधानमन्त्रीमा फेरि पनि ओली, कांग्रेस-माओवादी बहुमत जुटाउन असफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ शुक्रबार अपरान्ह हुने जनाएको छ ।
तीन दिनअघि संसदमा विश्वासको मत गुमाएका ओली पुन: प्रधानमन्त्री नियुक्त भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली नै फेरि प्रधानमन्त्री बनेका हुन् ।
विपक्षी कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा लगायतका दलले बहुमत पुर्याउन गरेको प्रयास विफल भएपछि ओली ठूलो दलको नेताका रुपमा फेरि प्रधानमन्त्री बनेका छन् ।
अन्तिम समयमा एमालेभित्रैका माधव नेपाल पक्षीय सांसदहरुको राजीनामा रोक्न सफल भएपछि ओली इतर समूहको बहुमत पुग्न नसकेको हो ।
पार्टी एकता बचाउन भन्दै ओलीले नेपाल पक्षका चार प्रमुख नेतामाथिको निलम्बन फुकुवा गरेका थिए ।
ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री नियुक्त ओलीले अबको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५