सोमबार, पुष २९, २०८१
17:14 | २२:५९

गोर्खा मुद्दा मैदानबाट होइन्, राजनैतिक सहकार्यबाट सुल्झाउनुपर्छ– मेयर विष्णु गुरुङ

नेपाली लिङ्क मे ८, २०२१

लन्डन– गत मंगलबार लन्डनस्थित हन्स्लो बरोको ५६ औं मेयरका रुपमा निर्वाचित भएपछि विष्णुबहादुर गुरुङ अहिले बधाइ ग्रहण र काउन्सिलमा नयां रणनीति बनाउन व्यस्त छन् ।

उनी भूतपूर्व गोर्खा हुन् । गोर्खाहरुको हकअधिकारका लागि विभिन्न संगठन आन्दोलनरत रहेका बेला मेयर गुरुङले गोर्खा मुद्दा मैदानमा उत्रेर भन्दा राजनैतिक पहलबाट नै समाधान गरिनुपर्ने सुझाएका छन् ।

मेयर पदमा निर्वाचित भएलगत्तै नेपाली लिंकसंग कुरा गर्दै गुरुङले सो कुरा बताएका हुन् ।

स्थानीय राजनीतिक पार्टीहरुसंग सहकार्य गरेर आफ्नो आवाजलाई बलियो र प्रभावकारी बनाउन सकिने उनले बताए । लामो समयदेखि  विभिन्न माग राख्दै आन्दोलनरत भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिले गोर्खा समस्याबारे निर्णायक वार्ताका लागि मंगलबार भोक हड्तालको चेतावनीसहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ‘अल्टिमेटम’ पत्र पठाइसकेको छ ।

गैरआवासीय नेपाली संघले पनि स्थानीय नागरिकहरुको हक हितमा विशेष जोड दिनुपर्ने र स्थानीय प्रोटोकल र पोलिसीलाई पनि ध्यान दिनुपर्ने गुरुङले बताए ।

एनआरएनए नेपालीहरुको मुख्य संस्था भएकाले विश्वभर छरिएर रहेका नेपालीप्रति थप उत्तरदायी हुनुपर्ने उनको धारणा छ ।

उनीसंग थप संवाद यस भिडियोमा-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू