बुधबार, मंसिर १२, २०८१
22:42 | ०४:२७

एनआरएनएद्वारा नेपालमा ‘कोभिड हटलाइन’ शुरु

नेपाली लिङ्क मे ७, २०२१

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका विभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ ।

कोभिड १९ महामारीमा परेका विरामीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि देशैभर हटलाइन सेवा सञ्चालन गरिएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिए ।

नेपाल मेडिकल एशोसिएसन र डांफे केयरको सहकार्यमा संघले काठमाडौं, जनकपुर, धरान, नेपालगन्ज, विराटनगर, राजविराज, धनगडी क्षेत्रमा मोबाइल हटलाइन सेवा सुरु गरेको हो ।

हटलाइन सेवाका लागि डा. शिव श्रेष्ठ, डा. प्रमोद जोशी, डा. रितेश थापा, डा. राम नरेश पण्डित, डा. विपेश आचार्य, डा. प्रदीप मिश्र, डा. दिनेश श्रेष्ठ, डा. रइस पोखेल, डा. राजेन्द्र चौधरी, डा. राजन शर्मा लगायत करिब दुई दर्जन चिकित्सक परिचालन गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपाल मेडिकल एशोसिएसनका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठले संघसंगको सहकार्यमा शुरु भएको हटलाइन सेवाले कोभिड १९ का बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरे । हटलाइन शुरु भएको केही घण्टामै दर्जनौं कल आउन थालेको उनले जानकारी दिए ।

कोभिड १९ सम्बन्धी समस्या परेका बिरामीले सिधैं ती चिकित्सकहरुको मोवाइल नम्बर वा ९८८००३५००० मा सम्पर्क राख्न सक्नेछन् । यसअघि संघले विदेशस्थित नेपालीहरुको सहयोगका लागि हटलाइन सेवा सुरु गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू