मंगलबार, माघ ८, २०८१
22:29 | ०४:१४

भारतमा एकैदिन चार लाख बढी संक्रमित

रासस-सिन्ह्वा मे १, २०२१

तस्बिर सिन्ह्वा

नयाँ दिल्ली– भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको संख्या चार लाख नाघेको छ ।

कोरोनाभाइरसको महामारी शुरु भएदेखि दैनिक संक्रमितको संख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

योसँगै अहिलेसम्म देशभरी कूल संक्रमितको संख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या दुई लाख ११ हजार ८५३ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू