सोमबार, पुष २९, २०८१
09:09 | १४:५४

बेलायतमा कोरोना संक्रमण दर सेप्टेम्बरयताकै न्यून

नेपाली लिङ्क अप्रिल २९, २०२१

लन्डन । बेलायतमा पछिल्ला केहि दिनमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ । गएको एक सातामा संक्रमणदर करिब ९ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् ।

यो संख्या गत वर्ष सेप्टेम्बर पछिकै कम हो । बेलायतमा बितेको २४ घन्टामा दुई हजार २ सय ४५ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा संक्रमितको संख्या ४४ लाख १४ हजार २४२ पुगेको छ । एकसातामा १५ हजार ८८११ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो हप्ताको तुलनामा संक्रमित संख्यामा ८.६ प्रतिशतले ह्रास आएको तथ्यांकले देखाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । एकसातामा १५७ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ५०२ पुगेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या ७६ हजार ३९७ छ भने ४२ लाख १० हजार ३४३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि उल्लेखनीय कमी आएको छ । हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या २०८ छ ।

त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १३४ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ५५३ मा झरेको छ ।

४ करोड ८१ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ८१ लाख ३८ हजार ९ डोज वितरण भएको छ । तीन करोड ४० लाख ९४ हजार ४८ जनाले खोपको पहिलो र एक करोड ४० लाख ४३ हजार ९६१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू