बुधबार, मंसिर १२, २०८१
20:30 | ०२:१५

नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै बढी मृत्यु

४ हजार ९२८ संक्रमित    

नेपाली लिङ्क अप्रिल २९, २०२१

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । यस अघि एकदिनमा ३० जनासम्मको मृत्यु भएको थियो । योसंगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २४६ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८३१ र ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ ।

त्यस्तै पछिल्लो समय थप ८८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत छ ।

अहिले देशभर ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५६१ सङ्क्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा एक हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ सङ्क्रमित थपिएका हुन् । उपत्यका बाहिर ५२८ र बाँकेमा ४८९ सङ्क्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू