शुक्रबार, मंसिर १४, २०८१
19:44
|
०१:२९
बंगलादेशमा रुसी खोप प्रयोगको अनुमति
रासस-सिन्ह्वा
अप्रिल २८, २०२१
बंगलादेश । बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको अनुमति दिइएको छ ।
बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको छ ।
बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले रुसले निर्माण गरेको ‘स्पुतनिक भि’ नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको जानकारी गराए ।
रहमानले भने, ‘हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा एस्ट्राजेनेका खोप पनि प्रयोग गरिएको छ ।’
एस्ट्राजेनेका खोप भारतबाट बंगलादेश आउन ढिलाई भएको थियो । खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ