शुक्रबार, मंसिर १४, २०८१
19:57 | ०१:४२

अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने

रासस-सिन्ह्वा अप्रिल २७, २०२१

वासिङटन् । अमेरिकाले एस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ ।

अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

अमेरिकाले करिब ६ करोड मात्रा खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि एस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई भने अझै पनि स्वीकृति दिएको छैन ।

विश्वका कतिपय देश र संघसंस्थाहरुले अमेरिकाले ठूलो संख्यामा खोप राखेको बताइएको छ । यसकारण पनि अमेरिकाको आलोचना भइरहेको छ । उता अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले एस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताएका छन् ।

अघिल्लो महिनामा मात्र राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा एस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए । यी दुई देशले भने एस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् ।

अमेरिकाका छिमेकी देशहरु क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशले पनि अमेरिकी खोपको आपूर्तिमा पहुँच पाइयोस् भनेर अनुरोध  गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू