सोमबार, पुष २९, २०८१
09:00 | १४:४५

बेलायतमा ‘मुन्धुम‘ बारे प्रशिक्षण तथा अन्तरक्रिया हुँदै

नेपाली लिङ्क अप्रिल २५, २०२१

लण्डन । किरात राई यायोक्खा बेलायतले आउंदो १ मे शनिबार किरात राईहरुको ‘मुन्धुम’ का विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  

बेलायती समय बिहान १०. १५ बजेदेखि भर्चुअल प्रविधिमार्फत  मुन्धुम विषयमा प्रशिक्षण तथा अन्तरक्रिया हुने भएको हो ।  

प्रशिक्षण मानव जीवनको जन्मदेखि मृत्‍युसम्म र यसभित्र गरिने संस्कार र संस्कृतिमा केन्द्रित हुने आयोजकले जनाएका छन्।  

प्रशिक्षणमा गर्भ, जन्म र शुभकार्य, सुप्तुलु/ सुप्तुलुंग (चुला) र मृत्‍यु अनि यसका संस्कारलाई प्राथमिकता दिइने छ ।  

प्रशिक्षणका लागि किरात राई यायोक्खा नेपालका  महासचिव जनक राई, मुन्धुम अध्येता शान्तिदेवी राई, पुर्खाहरु गडुलमान राई र दिलबहादुर राई साथै किरात राई यायोक्खा बेलायतका महासचिव नरेशमणि काङमाङ रहने कार्यक्रम संयोजक तथा किराया बेलायतका उपाध्यक्ष मेजर योगेश राईले जानकारी दिए । 

प्रशिक्षणमा सहभागिताका लागि किराया बेलायतले ईच्छुक सबैलाई आव्हान गरेको छ । 

‘हामी किरातहरुको मौलिक संस्कार र संस्कृतिका विविध विषयमा यसका जानकारहरुबाट अनौपचारिक प्रशिक्षण गराउने कार्यक्रम हो। ईच्छुक जो कसैका लागि प्रवेश खुला छ, हामी सबैलाई आमन्त्रण गर्दछौं’, संयोजक राईले भने ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू