सोमबार, पुष २९, २०८१
06:09 | ११:५४

बेलायतमा युवाहरुलाई खोप लगाउने अभियान शुरु

आधा जनसंख्याले लगाए पहिलो डोज

नेपाली लिङ्क अप्रिल २५, २०२१

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप अभियान व्यापक सफल भएको बताउंदै आएको सरकारले अब युवाहरुलाई खोप लगाउन प्रेरित गर्ने अभियान शुरु गरेको छ ।

सरकारले युवाहरुलाई खोपप्रति सकारात्मक बनाउंदै उनीहरुलाई खोप लगाउने अभियान अबको प्राथमिकता रहेको जनाएको छ ।

१६ देखि २९ वर्षबीचका ८ जनामध्ये एक जनामा खोपसम्बन्धि नकारात्मक धारणा पाइएको राष्ट्रिय तथ्यांकको कार्यालयले गरेको अनुसन्धानले देखाइरहंदा उनीहरुलाई प्रेरित गर्न लागिएको हो ।

विशेषगरि काला जातिमा खोप सम्बन्धि बढी नकारात्मक धारणा रहेको अनुसन्धानमा उल्लेख छ । आफ्नो पालो आएपछि सबैले खोप लगाउन र आफू सुरक्षित रहन सरकारले सबैलाई आग्रह गरेको छ ।

५० वर्ष मुनीका मानिसहरुले खोप लगाउन कम चासो दिने गरेको  अध्ययनले देखाएको छ ।

इंग्ल्याण्डमा हाल ४५ वर्ष माथिकालाई खोप लगाउन अनुरोध गरिएको छ भने स्कटल्याण्डमा ५० वर्ष माथिकालाई खोप लगाउने क्रम जारी छ । यसैगरी नर्दर्न आयरल्याण्डमा ३५ देखि ३९ वर्षका लागि खोप वितरण गरिंदै आएको छ । वेल्समा ३० देखि ३९ वर्ष उमेरकालाई खोप वितरण भइरहेको छ ।

उमेरको हद अनुसार खोप वितरण गरिएपनि अग्रपंक्तिमा काम गर्ने  तथा थुप्रै युवाले खोप लगाइसकेका छन् ।

बेलायतमा गत डिसेम्बर ८ तारिखबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो ।

बेलायतको जनसंख्याको आधा भन्दा बढी अर्थात ३३.५ मिलियनलाई खोपको पहिलो डोज दिइसकेको छ । १२ मिलियन अर्थात एक करोड २० लाख  भन्दा बढीलाई दोस्रो डोजसमेत दिइसकिएको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू