सोमबार, पुष २९, २०८१
06:02 | ११:४७

बेलायतका कांग्रेसीले क्रियाशिल सदस्यता उपलब्ध गराइदिन देउवालाई लेखे पत्र

केन्द्रबाट ल्याएको क्रियाशिल सदस्यता लुकाउने प्रयत्न गरिएको आरोप

नेपाली लिङ्क अप्रिल २३, २०२१

लन्डन । बेलायतस्थित नेपाली कांग्रेसका नेता कार्यकर्ताले क्रियाशिल सदस्यता उपलब्ध गराइदिन पार्टी सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन् ।

गत १८ अप्रिलमा २५ जना स्थानीय नेता कार्यकर्ताले पत्र प्रेषित गर्दै देउवालाई सो अनुरोध गरेका हुन् ।

कांग्रेसको १४ औं महाअधिवेशन तयारी जोडतोडका साथ भइरहेकामा नेपाली जनसम्पर्क समिति बेलायत लगायत प्रवासमा रहेका तमाम कार्यकर्ताहरु हर्षित एवं उत्साहित भएको उल्लेख गर्दै उक्त पत्रमा आसन्न महाअधिवेशनमा नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट प्रतिनिधित्व गर्ने र पार्टीको १० लाख क्रियाशिल सदस्यता पुरयाउने अभियानमा जोडिने अवसरबाट तमाम कार्यकर्ताहरु वञ्चित हुन लागेको तर्फ ध्यानाकर्षण गराइएको छ ।

‘वैधानिकता गुमाइसकेको नेपाली जन सम्पर्क समिति बेलायतले केन्द्रबाट बेलायतका लागि बुझेर ल्याएको क्रियाशिल सदस्यता समन्वयमा कुनै चासो नदेखाइ लुकाउने प्रयत्न गरिएको छ’, पत्रमा भनिएको छ, ‘जसले गर्दा सयौं पुराना तथा नयां नेपाली कांग्रेसका प्रतिवद्ध नेता कार्यकर्ताहरु क्रियाशिल सदस्यता बन्नबाट वञ्चित हुने स्थिति देखिएको छ ।’

पार्टीको अगुवाइमा सञ्चालित जनआन्दोलनहरु 
२०४६, २०६२-०६३ मा भाग लिएर महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु, समितिका संस्थापकहरु, पूर्व महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु समेत क्रियाशिल सदस्य बन्न र नवीकरण गर्नबाट वञ्चित हुने स्थिति देखिएको सन्दर्भमा तत्काल यसको समाधान गर्नका लागि विशेष समितिमार्फत समयमै व्यवस्थापन गरिदिन पनि अनुरोध गरिएको छ ।

पत्र प्रेषित गर्ने निवेदकहरु-

१. बिजन भट्ट – महाअधिवेशन प्रतिनिधि तथा पूर्व उपसभापति

२. शान्तबिनोद लामिछाने – निवर्तमान उपसभापति तथा पूर्व महासमिति सदस्य

३. बेदराज पराजुली – पूर्व सल्लाहकार तथा निर्वाचन समिति सदस्य

४. शिव तिमिल्सिना – निवर्तमान महामन्त्री 
(दुई कार्यकाल)

५. विश्व घिमिरे – निवर्तमान महामन्त्री

६. शेखर कंडेल – पूर्व सहमहामन्त्री

७. राजेन्द्र सुबेदी – पूर्व कोषाध्यक्ष

८. नारायण आचार्य – क्षेत्रीय सभापति, नर्थ वेष्ट लन्डन

९. दयानिधि सापकोटा – क्षेत्रीय सभापति, मिडल्यान्ड

१०. नगेन्द्र श्रेष्ठ – पूर्व कार्यसमिति सदस्य  
(दुई कार्यकाल)

११. रमेश पौडेल – पूर्व कार्यसमिति सदस्य 
(दुई कार्यकाल)

१३. किशोर लामिछाने – पूर्व कार्यसमिति सदस्य  तथा क्षेत्रीय सचिव, नर्थ वेष्ट लन्डन

१५. उपेन्द्र पौडेल – सहमहामन्त्री, नेजसस बेलायत

१६. हरिभक्त न्यौपाने – पूर्व कार्यसमिति सदस्य

१७. किरण न्यौपाने – क्षेत्रीय उप–सभापति, वेष्ट लन्डन

१८. नवराज पराजुली – क्षेत्रीय सचिव, रेडिङ

१९. शर्मिला भन्डारी – क्षेत्रीय कोषाध्यक्ष, वेष्ट लन्डन

२०. सुमन चालिसे – क्षेत्रीय सदस्य, रेडिङ

२१. विजय कार्की – क्षेत्रीय समिति सदस्य, नर्थ वेष्ट  लन्डन

२२. पवित्रा बस्याल – पूर्व कोषाध्यक्ष, नेबिसंघ पद्मकन्या क्याम्पस

२३. विकास सपकोटा – क्षेत्रीय सचिव

२४. शर्मिला भण्डारी सापकोटा – क्षेत्रीय कोषाध्यक्ष

२५. सुमित भण्डारी – क्षेत्रीय सदस्य

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू