पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गर्दै होटलमा बम विस्फोट
पाकिस्तान । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् । घटनामा अन्य एक दर्जन घाइते भएका देशका गृहमन्त्री शेख रशीद अहमदले पुष्टि गरेका छन् ।
होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूतलक्षित गरी सो आक्रमण गरिएको आशंका गरिएको छ ।
चिनियाँ राजदूत अफगानिस्तानको सिमानानजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बसेका थिए ।
तर विस्फोटका बेला उनी घटना क्षेत्रमा नरहेको बताइएको छ । पाकिस्तानको क्वेटा शहरस्थित होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा छ ।
पाकिस्तानी तालिबान लडाकूँ समूहले यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त समूह र अन्य लडाकू संगठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।
बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकूहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन् ।