बिहीबार, मंसिर १३, २०८१
16:37
|
२२:२२
नेपाल राष्ट्र बैंकले कतारी रियालको कारोवार बन्द गर्ने
रासस
अप्रिल २०, २०२१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।
कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो ।
वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीका लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ