पत्रकार महासंघमा विपुल पोखरेलको पूरै प्यानल विजयी
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी बन्ने निश्चित भएको छ।
चैत २५ गते सम्पन्न मतदानको मतगणना सकिएपनि केही जिल्लाको मत आउन बाँकी रहंदै पोखरेलको जीत पक्का बनेको हो । सबै जिल्लाको मत आएपछि औपचारिक घोषणा भने साँझ गर्ने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदमा निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माभन्दा २१ सय बढी मतअन्तरले अघि रहेपछि पोखरेल समर्थकले विजय उत्सव मनाउन थालेका छन् ।
पोखरेल प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम विजयी भएका छन् ।
रोशन पुरी महासचिव, गोविन्दप्रसाद चौलागाई खुला सचिव र सिर्जना अर्याल महिला सचिवमा भएका छन् । त्यस्तै, आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु ,मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक र एशोसिएट सचिवमा पवन आचार्य विजयी बनेका छन् ।
कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका बनेका छन् ।