मंगलबार, मंसिर ११, २०८१
12:22 | १८:०७

नेपालमा बढ्दै कोरोना संक्रमित

एकै दिन २६६ संक्रमित

रासस अप्रिल ५, २०२१

काठमाडौँ–देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

त्यस्तै पछिल्लो समय थप १०२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ३४२ छ । निको हुने दर भने ९८ दशमलब ३ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८३२ रहेको छ । उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो समय १३६ मा कोरोना सङ्क्रमण देखिएको छ । जसमा काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा दुईको मृत्यु भएको छ भने चारको मृत्यु पुष्टि भएको छ ।

नेपालमा हालसम्म १७ लाख ९१ हजार ६०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । छिमेकी मुलुक भारतका विभिन्न क्षेत्रमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि कोरोना संक्रमण दर उच्च हुन थालेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू