मंगलबार, मंसिर ११, २०८१
12:31
|
१८:१६
ओलीले गरे घनश्याम र सुरेन्द्रलाई पनि निलम्बन
नेपाली लिङ्क
अप्रिल १, २०२१
काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ ।
पार्टी हित र विधान विपरीत काम गरेको भन्दै उनीहरुलाई निलम्बन गरिएको हो ।
यसअघि मागिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको आधारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेको बताइएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई यसअघि नै निलम्बन गरिसकिएको छ ।
एमालेले माधव कुमार नेपाल, भीम रावल , सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
पछिल्लो समय पार्टीभित्र विवाद चुलिंदै जाँदा अध्यक्ष ओलीले नेताहरुलाई कारबाही गर्न शुरु गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ