बेलायतमा ओरालो लाग्दै कोरोना: अस्पताल भर्ना हुनेहरु घट्दै
४ हजार ५२ नयां संक्रमित
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै यहां संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ७१३ पुगेको छ ।
यसैगरी गएको २४ घन्टामा ४ हजार ५२ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
नयांसंगै बेलायतमा संक्रमित हुनेको संख्या ४३ लाख ४५ हजार ७८८ पुगेको छ ।
बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्या पनि घट्दै गएको छ । बुधबारको तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ५६८ छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा २६८ संक्रमित अस्पताल भर्ना भएका थिए । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या चार हजार १७६ छ ।
३ करोड ५० लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ५० लाख १४ हजार ७४ डोज वितरण भएको छ । तीन करोड ९ लाख ५ हजार ५३८ ले खोपको पहिलो र ४१ लाख ८ हजार ५३६ जनाले दोस्रो डोज लिएका छन् ।