बिहीबार, मंसिर १३, २०८१
13:42
|
१९:२७
कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो
रासस-सिन्ह्वा
मार्च २७, २०२१
कतार । कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढ्दै गएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयलका अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको जनाएका छन् ।
कतारको राजधानी दोहामा संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ ।
यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिड संक्रमण भएको बताइएको छ । यहाँका २८२ जना नागरिकको संक्रमणबाट मृत्यु भएको छ ।
चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् ।
कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ । यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ