मंगलबार, मंसिर ११, २०८१
08:43 | १४:२८

नेपालमा थप ११२ संक्रमित, चारको मृत्यु

रासस मार्च १९, २०२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पिसीआर परीक्षण गर्दा ११२ मा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १६ पुगेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ ।

गत २४ घण्टामा ५४ सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने ९३६ जना आइसोलेशनमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू