आइतबार, पुष २८, २०८१
09:21 | १५:०६

जनगणनामा नेपालीलाई अधिक सहभागी गराउन २१ सदस्यीय हेल्पलाइन

नेपाली लिङ्क मार्च ८, २०२१


लण्डन । आगामी २१ मार्चमा हुने राष्ट्रिय जनगणनामा नेपाली समुदायलाई अधिक सहभागी गराउने कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, इंग्ल्यान्ड राज्य परिषद्ले २१ सदस्यीय हेल्प लाइन स्थापना गरेको छ ।

जनगणना जनचेतना अभियान अन्तर्गत उक्त हेल्प लाइन संचालन गर्ने गरी प्रारम्भिक रुपमा २१ सदस्यीय हेल्प लाइन सुरूवात गरिएको हो ।

हेल्प लाइनको संयोजन पुण्य रेग्मीले गर्नेछन् । जनगणना फारम भर्दा आइपर्ने कुनै पनि समस्याको समाधान गर्न हेल्प लाइनले भूमिका निर्वाह गर्ने संयोजक रेग्मीले बताए ।

जुम मिटिङमा हेल्प लाइन टीमलाई डा. कृष्ण अधिकारी र नरेश खपांगी मगरले जुम मार्फत तालिम दिई जनगणना फारम कसरी भर्ने र के के बुंदाहरूमा सजग रहनु पर्ने कुराको जानकारी दिए ।

जनगणना सम्बन्धी कुनै पनि सहयोगका लागि निम्न अनुसारको टिमसंग सम्पर्क राखी सहयोग लिन एनआरएनए युके इंग्ल्यांड राज्य परिषदले अनुरोध गरेको छ ।

१. पुण्य रेग्मी – संयोजक –०७४६८५३६५६४

२. हेम गुरूङ   – ०७८८०५५४६४३

३. राजेन गुरूङ – ०७४४४२८८४७२

४. बिक्रम भट्टराई – ०७९१५०४६२०३

५. बाचस्पति रेग्मी – ०७४२७०२२९३१

६. भोला बिक्रम राई – ०७४७७९८६०७६

७. मेनुका खाँड – ०७७३७८६८४७०

८. भीम महेन्द्र गुरूङ  – ०७८१५०३११२७

९. भीम सारू – ०७४११९४३१५७

१०. ज्ञानेन्द्र आले – ०७५८४२४१७६२

११. बाल कृष्ण भुसाल – ०७४२६३९६९९०

१२. शुशील प्रजापति – ०७८३७८४६५६२

१३. सुरेन रूपाखेती – ०७५३८०७६८६२

१४. महेश अधिकारी – ०७९२१५२०४१५

१५. श्रीचन्द्र गुरूङ – ०७८५९०३९०९०

१६. हरि भट्टराई – ०७९७७९८४३३३

१७. दीपक सापकोटा – ०७७९६०६५६३८

१८. पवन शर्मा – ०७८७५६६३९९१

१९. शंकर भन्डारी – ०७५०८०४०२५०

२०. लक्ष्मण गौतम – ०७७९१३१४६०५

२१. ऐश्वर्य खड्का –०७७८७७३५२०४

स्वयंसेवकको रूपमा सहयोग गर्न इच्छुकहरुले हेल्प लाइन संयोजक पून्य रेग्मीलाई सम्पर्क गर्न वा  E-Mail  [email protected] मा जानकारी गराउन इंग्ल्याण्ड राज्य समन्वय परिषद यूकेले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू