आइतबार, पुष २८, २०८१
05:36
|
११:२१
बेलायतमा ओरालो लाग्दै कोरोना भाइरस
संक्रमण दरमा ४० प्रतिशतले कमी
नेपाली लिङ्क
फ्रेब्रवरी २८, २०२१
लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले कमी आएको बताइएको छ ।
आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । दैनिक संक्रमित संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो ।
थपिएका नयां संक्रमितसंगै बेलायतमा कुल संक्रमितको संख्या ४१ लाख ७६ हजार ५५४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृतक संख्या पनि धेरै पछिको सबैभन्दा न्यून हो । तर, सामान्यतया आइतबार र सोमबार सार्वजनिक गरिने तथ्यांकमा वास्तविक भन्दा कम हुने गर्दछ ।
यससंगै बेलायतमा हालसम्म एक लाख २२ हजार ८४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५