शुक्रबार, मंसिर ७, २०८१
12:57 | १८:४२

बजेट अधिवेशन वैशाख २६ मा

रासस मे ३, २०२०

तस्बिर रासस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गरेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि सरकारले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको अर्थमन्त्रीका सञ्चार संयोजक यमन पौडेलले जानकारी दिए ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधनअनुरुप बजेट अधिवेशनका निम्ति सिफारिस गरिएको हो ।

जेठ १५ अगावै ‘पूर्व-बजेट’ छलफल गर्ने परम्परा छ । नयाँ संविधान जारी भएयता ‘पूर्व-बजेट’ छलफलका लागि वैशाखको दोस्रोतिर बजेट अधिवेशन आह्वान हुने गरेको थियो तर यो वर्ष कोरोना भाइरसका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र ‘पूर्व-बजेट’ छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने परिस्थिति सिर्जना भएको छ ।

‘पूर्व-बजेट’ र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागि परेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू