बेलायतमा कोरोनाबाट एक महिनायताकै कम मृत्यु
३७३ को मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ३७३ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्लो एक महिनायताकै सबै भन्दा कम हो ।
यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ४६५ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ ।
अघिल्लो दिन शनिबार ८२८ जना संक्रमितको मृत्यु भएकोमा आइतबार मृतक संख्या दोब्बर भन्दा कम भएको हो ।
तर, वीकेन्डमा सार्वजनिक गरिने तथ्याँक वास्तविकता भन्दा कम रहने अधिकारीहरुले बताएका छन् ।
यसैगरी पछिल्लो तथ्याँक अनुसार २४ घन्टाभित्र थप १५ हजार ८४५ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ४५ हजार ६८० पुगेको छ ।
संक्रमित संख्यामा पनि अघिल्लो दिनको तुलनमा कमी आएको हो । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।
बेलायतका अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको स्वास्थ्य विभागको जनाएको छ । हाल यहाँका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५