बिहीबार, मंसिर १३, २०८१
21:36
|
०३:२१
स्पेनमा विदेशी आगमन ७७ प्रतिशत कम
रासस/एएफपी
फ्रेब्रवरी ३, २०२१
मड्रिड, २१ माघ–स्पेनमा विदेशबाट आउनेहरुको सङ्ख्या अघिल्लो वर्षको तुलनामा अत्यन्त धेरै कम भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०२० मा विदेशबाट आउनेहरुको सङ्ख्यामा ७७.३ प्रतिशत कम भएको हो ।
कोरोनाभाइरसको महामारी र त्यससँगै लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाका कारण आगन्तुकको सङ्ख्यामा भारी कटौती भएको उनीहरुले बुधबार स्पष्ट पारेका छन् ।
स्पेनको केन्द्रीय तथ्याङ्क विभागले सन् २०२० मा एक करोड ९० लाख विदेशी पर्यटक स्पेन आएको तथ्याङ्क सार्वजनिक गरेको छ । जबकी अघिल्लो वर्ष सन् २०१९ मा आठ करोड ३५ लाख विदेशी पर्यटकले स्पेनको भ्रमण गरेका थिए । सो सङ्ख्या विश्वकै दोस्रो धेरै पर्यटकहरुको सङ्ख्या हो । त्योभन्दा बढी विदेशी पर्यटक त्यस वर्ष फ्रान्स घुम्न गएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ