शुक्रबार, पुष १९, २०८१
21:14
|
०२:५९
फाइजरको कोभिड खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी
रासस/एएफपी
फ्रेब्रवरी २, २०२१
न्युयोर्क, २० माघ–फाइजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मङ्गलबार जानकारी गराएको छ ।
कम्पनीले भनेको छ, ‘हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ ।’
फाइजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारी गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ ।
फाइजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५