शुक्रबार, पुष १९, २०८१
06:59
|
१२:४४
बेलायतमा ८९ लाख बढीले लगाए खोप, एकदिनमै ५ लाख ९८ हजार ३८९ खोप
४ लाख ९१ हजारले पाए दोस्रो डोज
नेपाली लिङ्क
जनवरी ३१, २०२१
लन्डन । बेलायतमा ३० जनवरी शनिबारसम्म ८९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।
डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म ८९ लाख ७७ हजार ३२९ जनाले खोपको पहिलो डोज लिएको बताइएको छ । शनिबार एकदिनमै ५ लाख ९८ हजार ३८९ जनालाई खोप दिइएको छ जुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।
जसमध्ये चार लाख ९१ हजार ५३ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
बेलायतमा हाल फाइजर-बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।
यसका साथै बेलायतले मोडर्ना खोपलाई पनि प्रयोगका लागि अनुमति दिइसकेएपनि उपलब्ध हुन अझै केहि समय पर्खिनुपर्ने बताइएको छ । बेलायतले मोडर्नाको खोप १७ मिलियन डोज सुरक्षित गरिसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५