शनिबार, पुष २७, २०८१
14:51
|
२०:३६
बेलायतमा ८३ लाख बढीलाई दिइयो कोरोनाको खोप
नेपाली लिङ्क
जनवरी ३०, २०२१
लन्डन । बेलायतमा शनिबारसम्म ८३ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८३ लाख ७८ हजार ९४० जनाले खोपको पहिलो डोज लिइसकेका ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
जसमध्ये चार लाख ८० हजार ४३२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
बेलायतमा हाल फाइजर-बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।
यसका साथै बेलायतले मोडर्ना खोपलाई पनि प्रयोगका लागि अनुमति दिइसकेएपनि उपलब्ध हुन अझै केहि समय पर्खिनुपर्ने बताइएको छ । बेलायतले मोडर्नाको खोप १७ मिलियन डोज सुरक्षित गरिसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५