बेलायतमा थप ५९९ को मृत्यु, ३७ हजार बढी संक्रमित
२४ घन्टामा ३७ हजार ५३५ नयाँ संक्रमित
लण्डन । बेलायतमा पछिल्लो दुई दिनयता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या घट्दै गएको छ । पछिल्लो २४ घन्टामा अथप ५९९ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ हजार ८६० पुगेको छ ।
यसैगरी बितेको २४ घन्टामा थप ३७ हजार ५३५ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसंगै बेलायतमा कुल संक्रमितको संख्या ३४ लाख ३३ हजार ४९४ पुगेको छ ।
बेलायत सरकारले कोरोना संक्रमण बढेसंगै खोपलाई पनि तीव्रता दिंदै आएको छ । पछिल्लो तथ्यांक अनुसार एक मिनेटमा १४० जनालाई कोरोना खोप दिइएको सरकारी तथ्यांकमा उल्लेख छ ।
बेलायतमा हालसम्म ४० लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ५२ हजार ३०१जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
आज सोमबारबाट बेलायतमा थप १० वटा नयाँ खोप केन्द्र संचालन गरिएको छ । जनवरी अन्तसम्ममा चौबिसै घण्टा खोप सेवा संचालन गरिने सरकारले बताएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५