बेलायतमा दश दिनपछि संक्रमित संख्या ५० हजार कम
२४ घन्टामा ४६ हजार १६९ जना संक्रमित
लन्डन । बेलायतमा दशदिनसम्म लगातार ५० हजारमाथि कोरोना संक्रमित रहँदै आएकोमा सोमबार ४६ हजार १६९ मा झरेको छ । नयाँ संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ३१ लाख १८ हजार ५१८ पुगेको छ ।
विगत केहिदिनयता बेलायतमा कोरोना संक्रमितको संख्या, मृतक संख्या तथा अस्पताल भर्ना हुनेको संख्यामा महामारी शुरु भएयताकै नयाँ रेकर्ड कायम भएको थियो । गत शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका थिए ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ५२९ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ के जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ हजार ९६० पुगेको छ ।
मृतक संख्याको आधारमा विश्वमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमा बेलायत अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछि पाँचौं स्थानमा छ । यसघि पाँचौं स्थानमा रहेको इटालीलाई बेलायतले गताहप्ताबाट पछि पार्दै आएको हो ।
इटालीमा हालसम्म ७९ हजार २०३ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५