मंगलबार, मंसिर ११, २०८१
15:49
|
२१:३४
बेलायतमा ४ दिनको फरकमा नेपाली दम्पतिको निधन
पत्नीलाई कोरोना, पतिलाई जन्डिस
नेपाली लिङ्क
जनवरी ७, २०२१
लण्डन । बेलायतमा ४ दिनको अन्तरमा एक नेपाली दम्पतिको निधन भएको छ ।
कोरोना संक्रमित पत्नीको उपचारका क्रममा निधन भएको अस्पतालमै ४ दिनपछि पतिको पनि निधन भएको हो ।
मृतकको परिवारनिकट हङकङ नेपाली मञ्च यूकेका अध्यक्ष ह्यारी गुरुङका अनुसार केन्टको ‘मेइडस्टोन एण्ड टनब्रिज वेल्स हस्पिटल’ मा उपचारकै क्रममा पत्नीको गत आइतबार निधन भएको थियो । सोही अस्पतालमा उपचाररत पतिको बिहीबार बिहान निधन भएको हो ।
मृतक दम्पति दुबैजनाको उमेर ५० वर्ष आसपासमा रहेको उनले जानकारी दिए ।
पत्नीको निधन कोरोना संक्रमणबाट भएपनि पतिको भने जन्डिस र लिभरको समस्याका कारण मृत्यु भएको हो ।
४ दिनको अन्तरमा दम्पतिकै निधन भएपछि बेलायतको नेपाली समुदाय शोकमग्न बनेको छ ।
उनीहरु आबद्ध रहेका गुल्मी जिल्ला समाज यूके, हङकङ नेपाली मञ्च यूके सहितका संस्थाले शोक व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ