काठमाडौँ । नेपालमा ‘कोभिड-१९’ को संक्रमण थप दुई जनामा देखिएको छ ।
मंगलबार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा ‘कोभिड-१९’ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
संक्रमण भेटिएका दुवै जना अहिले क्वारेन्टाइनमा रहेको र उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
संक्रमितको नजिक रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ समेत भइरहेको जनाइएको छ । थप दुई जनामा संक्रमण देखिएपछि नेपालमा संक्रमितको कुल संख्या ५४ पुगेको छ ।
अहिलेसम्म पूर्ण रुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३६ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् ।