बेलायतमा लगातार सातौँ दिन ५० हजार बढी संक्रमित
२४ घन्टामा थप ४०७ संक्रमितको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या लगातार सातौँ दिन पनि ५० हजारभन्दा माथि पुगेको छ । सोमबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ७८४ जना नयाँ संक्रमित थपिएका छन् ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार बेलायतमा कोरोना संक्रमितको जम्मा संख्या २७ लाख नाघेको छ । सोमबारसम्मको संक्रमित संख्या २७ लाख १३ हजार ५६३ पुगेको छ ।
बेलायतमा हाल देखिएको संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो । यसैगरी पछिल्लो २४ घन्टामा थप ४०७ जना संक्रमितको मृत्यु भएको छ ।
बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ४३१ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि पुन:राष्ट्रिय लकडाउन गर्ने तयारी भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज साँझ ८ बजे टेलिभिजन सम्बोधनमार्फत लकडाउनसम्बन्धी भावी योजनाबारे जानकारी दिने भएका छन् ।
बेलायतमा आजैबाट अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्धारा संयुक्त रुपमा निर्मित कोभिड खोपको आम वितरण शुरु गरिएको छ । बेलायतले यसअघि नै फाइजर-बायोएनटेकद्वारा विकसित करिब दश लाख डोज खोप वितरण गरिसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५