बुधबार, मंसिर १२, २०८१
13:37
|
१९:२२
पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु
रासस
डिसेम्बर ३१, २०२०
पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।
साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।
तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको संक्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ ।
यसअघि पोर्चुगलमा कोभिडका कारण एक नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै पोर्चुगलमा कोभिडबाट मृत्यु हुने नेपालीको संख्या दुई भएको छ ।
रानाको मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ