बेलायतमा कोरोनाबाट एकै दिनमा ९८१ को मृत्यु
५० हजार २३ जना नयाँ संक्रमित
लण्डन । बेलायतमा एकैदिनमा ९८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर शुरु भएयताको सबैभन्दा बढी हो ।
यससंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ हजार ५४८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ५० हजार २३ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले जानकारी दिएको छ । बेलायतमा हालसम्म संक्रमितको संख्या २४ लाख ३२ हजार ८८८ पुगेको छ ।
त्यस्तै, अस्पताल भर्ना हुने संक्रमितको संख्यामा निरन्तर वृद्धि भैरहेको छ । २४ घन्टामा मात्र थप दुई हजार ४३० जना नयां संक्रमित अस्पताल भर्ना भएको ‘नेशनल हेल्थ सर्भिस’ ले जनाएको छ । अस्पतालमा संक्रमितको चाप बढेपछि स्वास्थ्य क्षेत्र निकै प्रभावित बन्दै गएको छ ।
बेलायतमा अस्पतला भर्ना हुनेको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी पुगेको छ । हाल बेलायतमा कोरोना भाइरसको नयाँ सस्करण देखा परेपछि संक्रमण दर तीव्र रुपमा बढेको छ ।
मंगलबार सार्वजनिक संक्रमित संख्या पनि महामारी शुरु भए यताकै सबैभन्दा बढी हो । मंगलबार एकैदिनमा ५३ हजार बढी संक्रमित फेला परेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५