बुधबार, मंसिर १२, २०८१
10:33
|
१६:१८
द्वन्द्वग्रस्त मुलुक इथियोपियामा निर्वाचन घोषणा
रासस/एएफपी
डिसेम्बर २५, २०२०
अदिस अबाबा, इथियोपिया, १० पुस–द्वन्द्वग्रस्त मुलुक इथियोपियामा आगामी जुन महिनामा गर्नेगरी संसदीय निर्वाचनको घोषणा गरिएको छ । निर्वाचन आयोगले अर्को बर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।
सन् २०२० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोनाभाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को बर्ष गर्ने तय भएको हो । त्यसैगरी देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना र द्वन्द्वका कारण पनि निर्वाचन पछाडिका लागि सारिएको जनाइएको छ ।
इथियोपियामा गत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बिहीबार बताएका थिए । बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले जनाएको थियो ।
मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ । आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ