शुक्रबार, मंसिर ७, २०८१
13:28
|
१९:१३
नेपालमा ५२ पुगे सङ्क्रमित
रासस
अप्रिल २६, २०२०
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
आइतबार भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उनको स्वास्थ्यस्थित सामान्य रहेको उनले जानकारी दिए । यसअघि आज नै पर्साको वीरगञ्जका दुईजना पुरुषमा सङ्क्रमण देखिएको थियो ।
आइतबार देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ । यसैगरी पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५