भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघ्यो



तस्बिर सिन्ह्वा
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३४१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४७७ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा ९५ लाख ८० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ५ हजार ३४४ सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ११ लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५