पूर्व कप्तान खड्कालाई कोरोना संक्रमण
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । आफू कोरोनाबाट सङ्क्रमित भएको उनले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।
पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराएका थिए । आजै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा थिए । कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बसेका छन् ।
उनले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । उनीहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५