बुधबार, मंसिर १२, २०८१
06:50
|
१२:३५
जापानमा थप ७ सय ७ अर्ब डलरको आर्थिक प्याकेज घोषणा
रासस–सिन्ह्वा
डिसेम्बर ८, २०२०
टोकियो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् ।
मंगलबार सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए ।
उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७०७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिए । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरे ।
आजै मन्त्रीपरिषदको बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ