बेलायतमा मंगलबारबाट कोभिड भ्याक्सिन दिइने
खोपको पहिलो लट विहीबार लण्डन आइपुगेको छ
लन्डन । बेलायतमा फाइजर बायोएनटेकले विकास गरेका कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज आगामी ८ डिसेम्बर मंगलबारबाट शुरु गरिने भएको छ । एनएचएस प्रमुख कार्यकारी क्रिस हप्सनले कोरोना विरुद्धको भ्याक्सिन्लाई म्याराथनको संज्ञा दिंदै आगामी मंगलबार दौड शुरु गर्ने बीबीसीलाई बताएका छन् ।
बेलायतले फाइजर बायोएननटेकले उत्पादन गरेका कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ ।
दुई दिनअघि मात्रै बेलायतले आम प्रयोगका लागि स्वीकृति दिएको फाइजर र बायोनटेकद्वारा निर्मित खोपको पहिलो लट विहीबार लण्डन आइपुगेको छ । बेलायतले पहिलो चरणमा केयर होममा बस्ने ज्येष्ठ नागरिक, एनएचएसमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, ज्येष्ठ नागरिक, मेडिकल समस्याका कारण जोखिम समूहमा रहनेहरु लगायतलाई खोप वितरण गर्ने योजना बनाएको छ ।
परीक्षणका क्रममा फाइजर बायोएनटेक ९५ प्रतिशत प्रभावकारी पाइएको यो खोप आम प्रयोगका लागि सुरक्षित रहेको निश्कर्षसहित बेलायतले स्वीकृत प्रदान गरेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५